कृषि विभाग

कृषि विभाग

सहयोग र सरोकार संस्थामा कृषि विभागको सुरुवात सन् २००२ अक्टोबरबाट भएको हो । हाल यस विभागमा तालिम संयोजकको रूपमा रोशन प्रजापति र प्रशिक्षकको रूपमा प्रशान्त थिङ कार्यरत हुनुहुन्छ । यस विभागले एकदेखि पाँच दिनसम्मको छोटो अवधिको तालिमहरू सञ्चालन गरिरहेको छ । यस विभागले सञ्चालन गर्ने तालिमहरूमा प्राङ्गारिक तरकारी खेती, च्याउ खेती, अचार प्रविधि, मौरीपालन, फलफूल खेती, मसला बाली खेती, विषादी र विकल्प, टनेल प्रविधि, कृषक पाठशाला सहजकर्ता, जाम, केचप, चिप्स प्रविधि आदि पर्छन् । तालिम बाहेक कृषक पाठशाला, समूह सञ्चालन, लोकगीत प्रतियोगिता, बुलेटिन प्रकाशन, कथा संकलन र अन्य प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

सन् २०२४ को प्रगति विवरण

तालिमजिल्लापालिकातालिमको संख्यामहिलापुरुषजम्मा संख्या
कन्ये च्याउबागलुङकाठेखोला१२४१२५
मौरीपालनबागलुङकाठेखोला१२७४३१
किवी खेतीबागलुङबडिगाड११११०२१
मौरीपालनबागलुङबडिगाड१५३३३८
कन्ये च्याउबागलुङबडिगाड१५३३३८
तरकारी खेतीकाभ्रेमहाभारत३७०२६९६
कन्ये च्याउकाभ्रेमहाभारत१३३११४४
मसला बनाउनेकाभ्रेमहाभारत२३४१३४७
प्लास्टिक टनेलकाभ्रेमहाभारत२४७२१६८
मौरीपालनकाभ्रेमहाभारत१२४६३०
जाम, चिप्स, केचप बनाउनेकाभ्रेधुलिखेल१२६०२६
कृषक पाठशाला सहजकर्ताकाभ्रेधुलिखेल१३९१२
मौरीपालनकाभ्रेबेथानचोक११९३२२
अचार बनाउनेमहोत्तरीबर्दिबास१२९०२९
मौरीपालनमहोत्तरीबर्दिबास२३९२१६०
तरकारी खेतीमहोत्तरीभंगहा११९३२२
मौरीपालनमहोत्तरीभंगहा१३०५३५
प्लास्टिक टनेलमकवानपुरबागमती१४८१२
मौरीपालनमकवानपुरबागमती१२०१०३०
मसला बनाउनेमकवानपुरबागमती११११२२३
तरकारी खेतीमकवानपुरबागमती१२३०२३
अचार बनाउनेमकवानपुरबागमती११७८२५
कन्ये च्याउम्याग्दीमंगला११८७२५
मौरीपालनम्याग्दीमंगला११०२१३१
अचार बनाउनेम्याग्दीमंगला१३२१५४७
कन्ये च्याउरौतहटगुजरा२७९०७९
अचार बनाउनेरौतहटगुजरा१३३२३५
अचार बनाउनेरौतहटफतुवा बिजयपुर१२३०२३
अचार बनाउनेरोल्पासुनछहरी११४१०२४
कन्ये च्याउरोल्पासुनछहरी११६४२०
मसला बनाउनेरोल्पासुनछहरी११०१०२०
तरकारी खेतीरोल्पासुनछहरी१२३३२६
तरकारी खेतीरुकुम पश्चिमआठबिसकोट१२८२३०
कन्ये च्याउसर्लाहीमलंगवा१३११३२
कन्ये च्याउसर्लाहीचन्द्रनगर१४००४०
कन्ये च्याउसर्लाहीईश्वरपुर११८८२६
कन्ये च्याउसर्लाहीहरिपुर१२६२२८
अचार बनाउनेसर्लाहीहरिपुर१२८०२८
जम्मा४४९४९३२२१२७१

विषयगत उपलब्धी सन् २०२४

विषयपटकमहिलापुरुषजम्मा संख्या
मौरीपालन९१७४१०३२७७
कृषक पाठशाला सहजकर्ता१३९१२
जाम, चिप्स, केचप बनाउने१२६०२६
किवी खेती११११०२१
कन्ये च्याउ११२९२६५३५७
तरकारी खेती७१६३३४१९७
अचार बनाउने७१७४३७२११
मसला बनाउने४५५३५९०
प्लास्टिक टनेल३५१२९८०
जम्मा४४९४९३२२१२७१

कृषक पाठशाला जानकारी सन् २०२४

सहयोग र सरोकार, कृषि विभागले यस वर्ष ११ स्थानमा कन्ये च्याउ खेतीमा कृषक पाठशाला सञ्चालन गरेको थियो । प्रत्येक कक्षामा १८ जना प्रशिक्षार्थीहरू रहेका थिए । यस कार्यक्रमबाट १९८ जना कृषकहरू लाभान्वित भएका थिए । कृषक पाठशाला काभ्रे जिल्लाको महाभारत गाउँपालिकाको २ स्थानमा, मकवानपुर जिल्लाको बागमती गाउँपालिकाको ३ स्थानमा, सर्लाही जिल्लाको हरिपुर नगरपालिकाको ३ स्थानमा, महोत्तरी जिल्लाको भंगहा नगरपालिकाको २ स्थानमा र बर्दिबास नगरपालिकाको १ स्थानमा सञ्चालन भएको थियो ।