ज्योति निवास विभाग

ज्योति निवास विभाग

सहयोग र सरोकार संस्थामा ज्योति निवास विभागको सुरुवात सन् २००१ बाट भएको हो । यस विभागले आर्थिक रूपले विपन्न अनाथ, टुहुरा बालबालिकाहरूलाई संस्थाको संरक्षणमा बालगृहमा राखी बालबालिकाको अधिकारलाई टेवा पुर्याउन गाँस, बास, अध्ययन, स्वास्थ्य, खेलकूद, मनोरञ्जनमा विशेष ख्याल पुर्याएर बालबालिकाको सर्वाङ्गिन विकास गरी सक्षम नागरिक तयार गरिन्छ । सन् २००१ मा केही बच्चाहरूबाट बनेपामा भाडाको घरबाट सुरु गरिएको ज्योति निवास बालगृहमा सन् २००३ मा ४४ जना बालबालिकाहरू भएकोले धुलिखेलमा सारियो । केही वर्ष भाडाको घरमा बालगृह सञ्चालन गरियो । सन् २००६ मा धुलिखेलको कोरखेलमा संस्थाको आफ्नै भवनमा बालगृहमा सारियो । हाल यस बालगृहमा १६ जना बालबालिकाहरू रहेका छन् ।