कृषि विभाग

कृषि विभाग

सहयोग र सरोकार संस्थामा कृषि विभागको सुरुवात सन् २००२ अक्टोबरबाट भएको हो । हाल यस विभागमा तालिम संयोजकको रूपमा रोशन प्रजापति र प्रशिक्षकको रूपमा प्रशान्त थिङ कार्यरत हुनुहुन्छ । यस विभागले एकदेखि पाँच दिनसम्मको छोटो अवधिको तालिमहरू सञ्चालन गरिरहेको छ । यस विभागले सञ्चालन गर्ने तालिमहरूमा प्राङ्गारिक तरकारी खेती, च्याउ खेती, अचार प्रविधि, मौरीपालन, फलफूल खेती, मसला बाली खेती, विषादी र विकल्प, टनेल प्रविधि, कृषक पाठशाला सहजकर्ता, जाम, केचप, चिप्स प्रविधि आदि पर्छन् । तालिम बाहेक कृषक पाठशाला, समूह सञ्चालन, लोकगीत प्रतियोगिता, बुलेटिन प्रकाशन, कथा संकलन र अन्य प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

सन् २०२४ को प्रगति विवरण

तालिमजिल्लापालिकातालिमको संख्यामहिलापुरुषजम्मा संख्या
कन्ये च्याउबागलुङकाठेखोला२४२५
मौरीपालनबागलुङकाठेखोला२७३१
किवी खेतीबागलुङबडिगाड१११०२१
मौरीपालनबागलुङबडिगाड३३३८
कन्ये च्याउबागलुङबडिगाड३३३८
तरकारी खेतीकाभ्रेमहाभारत७०२६९६
कन्ये च्याउकाभ्रेमहाभारत३३११४४
मसला बनाउनेकाभ्रेमहाभारत३४१३४७
प्लास्टिक टनेलकाभ्रेमहाभारत४७२१६८
मौरीपालनकाभ्रेमहाभारत२४३०
जाम, चिप्स, केचप बनाउनेकाभ्रेधुलिखेल२६२६
कृषक पाठशाला सहजकर्ताकाभ्रेधुलिखेल१२
मौरीपालनकाभ्रेबेथानचोक१९२२
अचार बनाउनेमहोत्तरीबर्दिबास२९२९
मौरीपालनमहोत्तरीबर्दिबास३९२१६०
तरकारी खेतीमहोत्तरीभंगहा१९२२
मौरीपालनमहोत्तरीभंगहा३०३५
प्लास्टिक टनेलमकवानपुरबागमती१२
मौरीपालनमकवानपुरबागमती२०१०३०
मसला बनाउनेमकवानपुरबागमती१११२२३
तरकारी खेतीमकवानपुरबागमती२३२३
अचार बनाउनेमकवानपुरबागमती१७२५
कन्ये च्याउम्याग्दीमंगला१८२५
मौरीपालनम्याग्दीमंगला१०२१३१
अचार बनाउनेम्याग्दीमंगला३२१५४७
कन्ये च्याउरौतहटगुजरा७९७९
अचार बनाउनेरौतहटगुजरा३३३५
अचार बनाउनेरौतहटफतुवा बिजयपुर२३२३
अचार बनाउनेरोल्पासुनछहरी१४१०२४
कन्ये च्याउरोल्पासुनछहरी१६२०
मसला बनाउनेरोल्पासुनछहरी१०१०२०
तरकारी खेतीरोल्पासुनछहरी२३२६
तरकारी खेतीरुकुम पश्चिमआठबिसकोट२८३०
कन्ये च्याउसर्लाहीमलंगवा३१३२
कन्ये च्याउसर्लाहीचन्द्रनगर४०४०
कन्ये च्याउसर्लाहीईश्वरपुर१८२६
कन्ये च्याउसर्लाहीहरिपुर२६२८
अचार बनाउनेसर्लाहीहरिपुर२८२८
जम्मा४४९४९३२२१२७१

विषयगत उपलब्धी सन् २०२४

विषयपटकमहिलापुरुषजम्मा संख्या
मौरीपालन१७४१०३२७७
कृषक पाठशाला सहजकर्ता१२
जाम, चिप्स, केचप बनाउने२६२६
किवी खेती१११०२१
कन्ये च्याउ११२९२६५३५७
तरकारी खेती१६३३४१९७
अचार बनाउने१७४३७२११
मसला बनाउने५५३५९०
प्लास्टिक टनेल५१२९८०
जम्मा४४९४९३२२१२७१

कृषक पाठशाला जानकारी सन् २०२४

सहयोग र सरोकार, कृषि विभागले यस वर्ष ११ स्थानमा कन्ये च्याउ खेतीमा कृषक पाठशाला सञ्चालन गरेको थियो । प्रत्येक कक्षामा १८ जना प्रशिक्षार्थीहरू रहेका थिए । यस कार्यक्रमबाट १९८ जना कृषकहरू लाभान्वित भएका थिए । कृषक पाठशाला काभ्रे जिल्लाको महाभारत गाउँपालिकाको २ स्थानमा, मकवानपुर जिल्लाको बागमती गाउँपालिकाको ३ स्थानमा, सर्लाही जिल्लाको हरिपुर नगरपालिकाको ३ स्थानमा, महोत्तरी जिल्लाको भंगहा नगरपालिकाको २ स्थानमा र बर्दिबास नगरपालिकाको १ स्थानमा सञ्चालन भएको थियो ।