पशु विभाग
पशु विभाग
सहयोग र सरोकारमा पशु विभागको सुरूवात सन् २००१ बाट भएको हो । नेपाल सरकारको निति तथा कार्यक्रमा कृषि क्षेत्रको सहभागीतालाई ध्यानमा राखेर यो विभागको सुरू भएको पाईन्छ । नेपाल कृषि प्रधान देश हो । सन् २०२४ को नोभेम्बरको तथ्याङक अनुसार कुल ग्रहस्थ उत्पादनमा पशुपालनको योगदान ७ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रमा रहेका कृषकरूलाई तालिम द्धारा अभिमुखिकरण गर्ने र तालिम दिने उद्धेश्यले पशु विभागले पशुपालन सम्बन्धी विभिन्न तालिमहरू संचालन गर्ने गरको छ । यस बाट पशुपालन करीरहेका कृषकहरू निकै लाभान्वीत भइरहेका छन् ।
हाम्रो मुख्य उद्धेश्य भनेको उन्नत पशुधन तालिमहरू र निगमित अनुगमन मार्फत पशुधनको औधोगिक विकास र विस्तार गर्ने रहेको छ ।
पुश विभागबाट संचालित गतिविधिहरू
१. पहुपालन सम्बन्धी विभिन्न विषयहरूमा तालिम प्रदान गर्नु
२. पत्रिका प्रकाशन
३. संचालन भएका तालिमको तालिम पछि अनुगमन गर्ने
विभागबाट संचालिन तालिमहरू
१. गाई भैसी पालन तालिम
२. बाख्रा, भेडा पालन तालिम
३. कुखुरा पालन तालिम
४. बंगुर पालन तालिम
५. मौरी पालन तालिम