शिक्षा विभाग
शिक्षा विभाग (साक्षरता कार्यक्रम)
पृष्ठभूमिः
सहयोग र सरोकार, शिक्षा विभागले अनौपचारिक शिक्षा अन्तर्गत प्रौढ साक्षरता कार्यक्रम संस्थाको स्थापना बर्ष २०५७ देखि सञ्चालन गर्दै आएको छ । नयाँ प्रौढ शिक्षा सहजकर्ता तालिम, निरन्तर शिक्षा अनुगमन सहजकर्ता तालिम र एड्भान्स साक्षरोत्तर सहजकर्ता तालिम प्रदान गर्न थालेको २५ वर्ष पूरा भइसकेको छ । २०८२ सम्म आइपुग्दा यस शिक्षा विभागले अनौपचारिक शिक्षा अन्तर्गत ११५१ वटा प्रौढ साक्षरता कक्षाहरू सञ्चालन गरिसकेको छ । ती साक्षरता केन्द्रहरूमा गरी जम्मा २७,३९५ जना प्रौढ सहभागीहरू साक्षर भएकाछन् । जसमा आधारभूत तह ५ महिना, साक्षरोत्तर दोस्रो तह ३ महिना र एड्भान्स कक्षा ३ महिना गरी एक वर्षे निरन्तर शिक्षा कार्यक्रम सञ्चालीत छन् । २५ वर्षको अवधिमा ७ वटै प्रदेशका ४७ वटा जिल्लाहरूमा निरन्तर शिक्षा कार्यक्रम प्रदान गरिसकेको छ ।
लक्ष्य:
नेपाली जनतालाई राम्रो ज्ञान प्रदान गर्दै । सबै नागरिकहरूलाई गुणस्तरीय आधारभूत साक्षरता, निरन्तर शिक्षा साक्षरोत्तर कार्यक्रम र जीवनउपयोगी सीप तालिमको व्यवस्था मार्फत सामाजिक–आर्थिक र मानव विकासलाई प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ ।
कार्यक्रम:
| १) आधारभूत साक्षरता कार्यक्रम (प्रौढ शिक्षा) | ५ महिना | महिला साक्षरता पुस्तक |
| २) निरन्तर शिक्षा (अनुगमन साक्षरोत्तर तह) | ३ महिना | आत्मनिर्भर पुस्तक |
| ३) एड्भान्स साक्षरता कार्यक्रम (तेसो तह) | ३ महिना | आत्मविश्वास पुस्तक |
गतिविधि:
१) माथिका तीन वटै तहका लागि सहजकर्ता तालिम र शैक्षिक सामग्रीको व्यवस्थापन गर्दछौं ।
२) सर्भे फाराम संकलन, सहजकर्ता छनौट, तालिम, कक्षा उद्घाटन, अनुगमन र मूल्यांकन परिक्षा गर्दछौं ।
३) विश्व साक्षरता दिवश (सेप्टेम्बर ८) हरेक साक्षरता केन्द्रमा विविध कार्यक्रम गरी मनाउने ।
३) साक्षरता कार्यक्रम सञ्चालनको क्रममा वा पश्चात सहभागीहरूको माग अनुसार जीवन उपयोगी, आयआर्जन तथा विविध तालिम दिदै नवसाक्षरहरूलाई आत्मनिर्भर बन्न सहजीकरण गर्दछौं ।
तथ्यांक:
आर्थिक वर्ष २०८१/२०८२ मा ६ वटा जिल्लाहरू क्रमशः धनुषा, महोत्तरी, सर्लाही, रौतहट, मकवानपुर र काभ्रेका २९ वटा साक्षरता केन्द्रमा गरी ८०० जना प्रौढ सहभागीहरूले एक बर्षे प्रौढ साक्षरता अध्ययन सम्पन्न गरी साक्षर भएकाछन् ।
आ.व. २०८२/२०८३ को लागि ७ वटा जिल्लाहरू क्रमशः रोल्पा, म्याग्दी, महोत्तरी, सर्लाही, सिन्धुली, मकवानपुर र काभ्रेका ३७ वटा साक्षरता केन्द्रमा गरी ९३० जना प्रौढ सहभागीहरूले एक बर्षे प्रौढ साक्षरता कार्यक्रममा सहभागी छन् ।
जिल्ला प्रशासन कार्यालयको अनुमती, समाज कल्याण परिषद्को स्वीकृती, अनौपचारिक शिक्षा कार्यक्रम सानो ठिमी भक्तपुर तथा तत्कालिन जिल्ला शिक्षा कार्यालयको समन्वयन र स्थानीय सरकारको रहोवरमा नेपाल सरकारले तोकेको साक्षरताको मापदण्डलाई पूरा गर्ने गरी एक बर्षे निरन्तर शिक्षा (साक्षरता कार्यक्रम) परिमार्जन र प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेकाछौं । जसले हजारौ निरक्षरहरूलाई शिक्षाको ज्योति प्रदान गरी साक्षर बनाउने महान् अभियानमा हामी सदैव समर्पित छौं ।
अधिक जानकारीको लागि सम्पर्क :
संयोजक: भोजन श्रेष्ठ (९८४१२८६८०३) Email: shreasthabhajan@gmail.com
प्रशिक्षक: कुमार रम्तेल (९८४१४२९८१६) Email: krtime2004@gmail.com